‘हिजो आजका कुरा’को ‘तिमी पहिले’ गीतमा ऋचा र दिव्य देवको प्रेम

डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकको मनमा बस्न सफल हाँस्य टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको ‘हिजो आजका कुरा-द मुभी’ शुक्रवारबाट प्रदर्शनरत छ । अभिनेता सन्तोष पन्तका छोरा साकार पन्त निर्देशित चलचित्रको मंगलवार यूट्युबमा तेश्रो गीत सार्वजनिक गरिएको छ । ‘तिमी पहिले’ बोलको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर र गायक हर्कुलसकै शब्द तथा संगीत छ । प्रेमिल भाव रहेको गीतको भिडियोमा चलचित्रका कलाकार द्वय ऋचा शर्मा र दिव्य देव फिचर छन् ।

सोसल र कमेडी ड्रामा जनराको चलचित्रमा सन्तोष पन्तसहित रमा थपलियाको प्रमुख भूमिका छ । चलचित्रले काठमाडौंका चार परिवारको पारिवारिक समस्या, र विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह-निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

बिके फिल्मस् र एफडिले बितरण गर्ने चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।

Leave a Reply