नेपाली ढाका टोपीमा सज्जिएका बलिउड अभिनेता ज्याकी श्राफ (फोटो सहित)

चर्चित बलिउड अभिनेता ज्याकी श्राफ नेपाली ढाका टोपीमा सजिएको तस्बिर सोमवार सामाजिक सञ्जाल इन्स्टाग्राममा अभिनेत्री मनिषा कोइरालाले पोस्ट गरेकी छिन् । महाराष्ट्रको एक फार्ममा उनीहरूको भेट हुँदा मनिषाले सम्मान स्वरूप श्राफलाई नेपाली ढाका टोपी लगाइदिएकी हुन् ।

मनीषाले साझेदारी गरेको तस्बिरमा उनको आमा बुवालाई पनि देख्न सकिन्छ । मनीषाले ज्याकीसँग समय बिताउन पाएकोमा निकै खुसी लागेको लेखेकी छिन् । उनले स्वस्थ जीवन शैलीको नेतृत्व गर्न कला-संस्कृतिका साथै धेरै हाँसोको सराहना गर्नुपर्ने पनि बताएकी छन् ।

निकै मिल्ने साथी,ज्याकी र मनिषाले ‘सौदागर’, ‘मिलन’, ‘१९४२ अ लभ स्टोरी’, ‘दुष्मनी’, ‘अग्नीसाक्षी’, ‘लावारिस’, ‘युगपुरुष’, ‘ग्रहण’ लगायतका चलचित्रमा सँगै काम गरेका थिए । पाठेघर क्यान्सरलाई जितेर नयाँ जीवनको सुरुवात गरेकी अभिनेत्री मनिषा कोइराला पछिल्लो पटक सञ्जय दत्त स्टारर चलचित्र ‘प्रस्थानम’ मा देखिएकी थिइन् जसमा ज्याकी श्राफको पनि अभिनय थियो ।

नेपालकी छोरी मनीषा अहिले भने एक चलचित्रको शिलशिलामा भारतमा छिन् । उनी नेपाल र भारत आउजाउ गरिरहेकी हुन्छिन् ।

Leave a Reply