नेपाल युरोपेली युनियन चलचित्र महोत्सव शुक्रबारदेखि सुरु, १३ युरोपेली र ३ नेपाली फिल्म प्रदर्शन हुँदै

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करणको शुक्रबार औपचारिक उद्घाटन भएको छ । युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले शक्रुबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा छोटो मन्तव्य राख्दै महोत्सवको समुद्घाटन गरेकी थिइन् । यो क्रममा उनले महोत्सव कलाको प्रदर्शनीसँगै संस्कृति आदानप्रदानका लागि उपयुक्त माध्यम भएको बताउँदै महोत्सवमा देखाइने फिल्मले युरोपलाई बुझ्ने अवसर प्रदान गर्ने बताइन् । उनले यो पटकको महोत्सव हाइब्रिड मोडलमा सञ्चालनहुने जानकारी गराउँदै दर्शकले चलचित्र विकास बोर्डको हलमा र अनलाइन पनि हेर्न सकिने जानकारी गराइन् । यसका साथै राजदूत नोनाले महोत्सव पहिलोपल्ट काठमाडौँ बाहिर सुर्खेतमा पनि गर्न लागिएको जानकारी गराएकी थिइन् ।

महोत्सवको सद्भावनादूत रहेकी अभिनेत्री केकी अधिकारीले दसैँ र तिहार सकिएपछि फिल्म महोत्सवको रुपमा सिर्जनाको पर्व सुरु भएको धारणा राखेकी थिइन् । केकीले युरोपियन फिल्म महोत्सवले फिल्मकर्मीमा शिल्प निर्माणको अवसर प्रदान गर्नुका साथै दर्शकमा सिनेमा साक्षरता वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

शुक्रबार उद्घाटनसँगै १ घन्टा समयावधिको रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफमोलेन्बेक’’शीर्षकको फिल्म देखाइएको थियो । डकुमेन्ट्री श्रेणीको फिल्ममा ब्रसेल्सको मोलेनबिक क्षेत्रमा हुर्किरहेका बच्चाहरूको आँखाबाट त्यो क्षेत्रमा बसोबास गरिरहेका मुसलमान समुदायको संकटलाई देखाइएको थियो । ब्रसेल्सको सो ठाउँलाई जिहादी उत्पादन गर्ने कारखानाको रुपमालिने गरिएको कथा फिल्मले प्रस्तुत गरेको छ ।

शनिबारबाट मंगलबारसम्म नियमित चल्ने महोत्सवमा शनिबार लघु र फिचर गरी ४ फिल्म देखाइयो भने शनिबार नै आर्काइभमाथि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा गाइबोर्ली र उलासा गुरुङबीच छलफल चल्यो। आइतबार पनि चार फिल्मसँगै वातावरण संरक्षणमा फिल्मको भूमिकाको विषयमा ह्युगो मेज र रोशनी अधिकारीबीच छलफल हुनेछ । महोत्सवमा १३ युरोपेली र ३ नेपाली चलचित्र प्रर्दशन हुनेछन् । सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिमविश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् ।

महोत्सवअन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ । २९ अक्टोबरमा नेपालको समय अनुसार अपरान्ह २ बजे आयोजना गरिने कार्यक्रममा चलचित्र निर्माणमा आर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ । यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङ्गले आ फ्ना अनुभव साट्नेछन् । दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तक्र्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन् । तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले नोभेम्बर १ अर्थात कार्तिक १५ गते अपरान्ह २ः०० बजे सञ्चालन हुनेछ । यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरू बिच सहयोग र सहकार्य सम्बन्धी हुनेछ । सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कात्तिक २२ गते कणार्ली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरुलाई लागि मास्टरक्लास दिनेछन् ।

Leave a Reply