सरोज खनालको ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज, फागुन १२ मा प्रदर्शन हुने

अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको चलचित्र ‘बगान’को नयाँ गीत सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘उडी छुनु छ आकाश’ बोलको मर्मस्पर्शी लिरिकल गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतले एकल महिलाले भोग्ने पीडा, सन्तानप्रतिको प्रेम र एक्लोपनको कथा भनेको छ ।

सुरेश वाग्लेको शब्द र हरी लम्सालको संगीत रहेको गीतमा गायिका बानिका प्रधानको स्वर छ । गीतमा समावेश दृश्यहरुमा अभिनेत्री करिश्मा मानन्धर र नव-कलाकार प्रमिला कार्की आमा-छोरीको रुपमा प्रस्तुत छन् ।

चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । चलचित्र आगामी फागुन १२ गते प्रदर्शन हुने छ । चलचित्रमा गौरीशंकर धुजुको छायांकन निर्देशन, उत्सव दाहालको छायांकन, अर्जुन जीसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाको भीएफएक्स र रेनिश फागोको कलर करेक्सन छ । नेपाली वेबसाइटको प्रस्तुति रहने ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्मात्री अभिनेत्री करिश्मा मानन्धर हुन् । चलचित्रलाई नेपालअघि विदेशमा प्रदर्शन गरिने भएको छ ।

Leave a Reply