अपांगता भएका व्यक्तिहरुको ३१औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषय वरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान’ भन्ने मूल नारालाई आत्मसात गर्दै चेतनामुलक गीत ‘आउ साथी’ निर्माण गरिएको निर्माण कम्पनी साउण्ड मिलले जनाएको छ । शक्ति बल्लभको संगीत रहेको गीतमामदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार,पुष्पनप्रधान र अस्मिता अधिकारीले स्वर दिएका छन् ।
यस गीतले समस्तअपांगताभएकाअर्थात विशेष क्षमताभएकाव्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ । विगतलामो समयदेखि सामाजिक रुपान्तरणका निमिक्तगीत-संगीतको माध्यमबाट योगदानपुर्याउँदै आएको स्टुडियो साउण्ड मिल र समाजसेवीएवं गीतकार नरेश प्रधानको सहकार्यमाम्युजिक भिडियोको निर्माण भएको हो । निरज श्रेष्ठको संगीत संयोजन रहेको यस गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । भिडियो विमललालश्रेष्ठको परिकल्पनामानिर्माण भएको हो । भिडियोमाउषा रजक, रस्मी भट्ट, रक्षाथापा, सुन्दर धिताल, आईपीआचार्य, प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देव कुमार श्रेष्ठ, सविनाथापा, विकास रिमाललगायतकाकलाकारहरुको अभिनय रहेको छ ।
नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा समावेश गरिएको भिडियोलाई शरद महतोले छायाँकन गरेका हुन् ।