गायक निशान भट्टराइले दुई वर्षअघि कानुनी विवाह गरे । उनले, धुलिखेल जिल्ला अदालतमा मोडल ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । निशान र ऋचाले २ बर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
अब भने यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान छ । दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेका छन् भने एकअर्कासँगको तस्वीर पनि डिलिट गरेका छन् ।
अनफलो र तस्वीर हटाउने कार्यले यी दुईबीचको सम्बन्धमा दरार आएको अनुमान गर्न सकिन्छ । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् ।