सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने

गत महिना तिलगंगा अस्पताल पुगेर आँखा दान गर्ने घोषणा गरेका अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने भएका छन् । बुधबार भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर उनले मृत्युपछि अंग प्रत्यारोपण गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।

यसबारे सामाजिक सञ्जालबाट जानकारी दिंदै सविन लेख्छन्, ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो । एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरुँ भनेर मृत्युपछि पनि कसैलाई काम त लाग्ला । यस कार्यबाट खुसी छु ।’ अंगदान गर्ने मञ्जुरीनामा पत्रमा उल्लेख भएअनुसार निधनपछि मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान गरिनेछ ।

Leave a Reply