दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘नाङ्गो गाउँ’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सामाजिक-राजनीतिक कथावस्तुमा बन्न लागेको चलचित्रमा दयाहाङ र मिरुनाले तेस्रो पटक काम स्क्रिन शेयर गर्न लागेका हुन् ।
यो जोडीले यसअघि चलचित्र ‘कबड्डी ४’ र ‘जारी’मा पनि एकसाथ काम गरेको थियो ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्ममा हिमाल शर्मा प्रस्तुतकर्ता र जय श्रेष्ठ निर्मातामा रहेका छन् । चलचित्रमा अन्य कलाकारको छनोट चाँडै हुने लामाले बताए । फिल्ममा दयासँगै अर्का एक जना नायकको पनि मुख्य भूमिका रहने बताउँदै दीपेन्द्रले केही दिनमा सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्ने जानकारी दिए । आगामी चैत्र महिनाबाट छायांकन सुरु हुने फिल्मले राजनीतिक कथा प्रस्तुत गर्ने लामाको भनाई छ । उनी फिल्म उत्कृष्ट बनाउने कुनै कसर नछाड्ने दाबी गर्छन् ।