‘रामकहानी’बाट सहकार्य सुरु गरेको र दर्शकले अत्यधिक रुचाएको आकाश श्रेष्ठ र पुजा शर्माको जोडी फेरी एक पटक चलचित्र ‘मन परेसी’ मार्फत पर्दामा आउने भएको छ ।आज श्री पन्चमीको अवसर पारेर रुपेश थिङ तामाङको निर्देशनमा बन्ने चलचित्र ‘मन परेसी’को शुभ मुहर्त गरिएको हो। रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्र प्रेम कथामा बन्ने बताईएको छ।
दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माता रहेको चलचित्रमा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ति सह निर्मातामा रहेका छन् ।चलचित्रमा आकाश श्रेष्ठ, पुजा शर्मा, रबिन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, मोनालिसा खतिवडा लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ । अमृत थिङ तामाङ चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।
चलचित्रमा सन्जोग राणाको पटकथा तथा संवाद ,राजु तामाङको द्वन्द, रामजी लामिछाने र रबिन शाहको कोरियोग्राफी, अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्री कृष्ण बर्देवाको संगीत रहनेछ। हरि घले लामाले खिच्ने चलचित्रको मुख्य सहायक निर्देशक नवराज शर्मा रहेका छन् ।
चलचित्रको छायांकन यसै साताबाट सुरु हुने कार्यक्रममा जानकारी दिइयो। रिच इन्टरटेन्टमेन्टले वितरण जिम्मा लिएको चलचित्र आगामी बर्ष २०७७ सालको तीजमा प्रदर्शन गर्ने तयारी रहेको छ । पूजा- आकाशको जोडी ‘समहालिन्छ कहिले मन’, ‘पोइ पर्यो काले’ र ‘सम्झना बिर्सना’मा पनि संगै छन्। ।