अभिनेता नवल खडकाको निर्देशन र निर्माण रहेको चलचित्र ‘काँडेतार’को प्रदर्शन मिति तय भएको छ । चलचित्र नयाँ वर्ष (विसं २०८०) मा प्रदर्शनमा आउने भएको छ । चलचित्रको केहि समय अघि सार्वजनिक भएको एक्सन प्याक्ड टिजर दर्शकले रुचाएका छन्।
यो चलचित्रमा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरलीधर लगायतले चलचित्रमा शीर्ष भूमिकामा अभिनय गरेका छन् । प्रशान्त यादव, सञ्जय खतिवडा, रोमियन लिम्बू, प्रेम सुब्बा, पर्शुराम चौधरी, राजेन्द्र भगत, पन्नालाल चौधरी, प्रकाश अनुराग, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, रामेश्वर बुर्लाकोटी, केशव रायमाझी, अञ्जु केसी, खेम नेपाली, ज्ञानेन्द्र कोइराला, रामविश्वास थारु, मातृका घिमिरे, रितु चौधरी, प्रेम कार्की, प्रतीक श्रेष्ठ, छवि बैरागी घिमिरे लगायतले समेत चलचित्रमा अभिनय गरेका छन् । नादिया खड्का र सनया खड्काले बालकलाकारका रुपमा अभिनय गरेका छन् ।
नेपाल-भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय चलचित्रले उठाउनेछ । दुई मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने चलचित्रको भाव हो । चलचित्रले राष्ट्रलाई पनि झकझकाउने छ । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।
करिब ३ करोडको लगानीमा निर्माण भएको बताइएको चलचित्रमा नवल खड्कासँगै माकिको राई र अञ्जु केसी निर्माताको रुपमा छन् भने कार्यकारी निर्माता नवलकी श्रीमती तथा चर्चित गायिका सत्यकला राई हुन् । श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्रका गीतमा मणि थापा र दीपक शर्माको संगीत छ । चलचित्रलाई तारा थापा ‘किम्भे’ र बन्दे प्रसादले सम्पादन गरेका हुन् ।