सविन र रीमाको जोडी बाँध्दै ‘सिड्नी’ निर्माण घोषणा

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रीमा विश्वकर्मालाई जोडी बाँध्दै चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।

आगामी बैशाखबाट छायांकन सुरु हुने चलचित्रको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको छायांकनमा जानुअघि अन्य कलाकार छनोट गरिने छ । अष्ट्रेलियाको शहर सिड्नी नाममाथि निर्माण हुन लागेको चलचित्रले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ ।

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा चोलाबहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको चलचित्रलाई हरिबहादुर घलेले छायांकन गर्नेछन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा सविन एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् ।

Leave a Reply