ऋर्चाले सर्ट फिल्म ‘ब्लड मनी’बाट जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड

अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले सिड्नीमा सम्पन्न ‘टाइटन फिल्म फेस्टिबल’मा उनी अभिनीत सर्ट फिल्म ‘ब्लड मनी’का लागि उक्त अवार्ड जितेकी हुन् । पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी ऋचा एक हप्तादेखि अष्ट्रेलियामा छिन् । अवार्डको साथमा उनी यही बुधबार नेपाल फर्किँदैछिन् ।

फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि फेस्टिभलमा सम्मान गरिएको थियो । यो फिल्मले यसअघि पनि सिंगापुरको ओल्ड फिल्म कार्निभल फेस्टिभल लगायतका महोत्सवमा अवार्ड जितेको थियो ।

ऋचाले साउदी अरबमा अपराधमा कसुरमा जेल सजाय भोग्न बाध्य भएका श्रीमानको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ ।

Leave a Reply