‘छक्कापञ्जा ४’ को ‘दर्शन सलाम’ गीतमा दीपक-दीपा देखि स्वस्तिमा राजसम्मको छमछमी

आगामी फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । डान्सिङ ट्रयाकको दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकारले छमछमी कम्मर मर्काएका छन् । गीतमा दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा नृत्य गरेका छन् भने स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ ।

डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत निर्देशन छ । नरेन्द्र मैनालीको छायांकन र कविराज गहतराजको डान्स कोरियोग्राफीले गीतलाई आकर्षक भिजुअल ट्रिट प्रदान गरेको देख्न सकिन्छ । हेमराज बीसी निर्देशित फिल्मको केन्द्रमा यसपटक राजनीति र समाज बुनिएको छ भने छक्कापञ्जा सिरिजको कथा भन्ने शैली कमेडी नै हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो । चुनावको माहोल र सन्दर्भको कथावस्तुमा गीत

Leave a Reply