राजु गिरीको निर्देशन तथा निर्माणमा बन्न लागेको चलचित्र ‘नम्बरी सुन’को छायांकन सम्पन्न भएको छ । अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको चलचित्रको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै सम्पूर्ण छायांकन सकिएको छ । लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको चलचित्रको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ ।
गौरव र नम्रतासँगै राजाराम पौडेल, सरोज खनाल, बुद्धि तामाङ, सविन बास्तोला, गीता अधिकारी, स्मृति वलीको पनि अभिनय रहेको छ । सात दशकअघिको ऐतिहासिक सामाजिक कथामा बन्न लागेको चलचित्रको शुभ मुहूर्त गरेर आगामी माघ २० गतेबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ ।
सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता र निर्माता नारायण खाती हुनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा र काठमाडौंका विभिन्न ठाउँमा छायांकन हुनेछ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी रहनेछ ।