आगामी चैत १७ अर्थात ३१ मार्चमा प्रदर्शन हुने चलचित्र ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र
शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।
फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा बनेको हो । ट्रेलरको सुरुवातमा काठमाडौंमा शिवजीको मूर्ति देखाइएको छ । दृश्यले काल्पनिक काठमाडौंको कथालाई चित्रण गर्न खोजेको जस्तो देखिन्छ ।
ट्रेलरमा कारभित्र रहेका अरुण र सृष्टिको दृश्य देखाइएको छ । घाइते अवस्थामा रहेका अरुणले शुभेक्षाको तस्वीर हेरेपछि ट्रेलरमा कथाको पृष्ठभूमि प्रस्तुत गरिएको छ ।
ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई प्रष्ट रुपमा देखाइएको छ । ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई पनि प्रस्तुत गरेको छ । ट्रेलर हेर्दा दर्शकमा केही कौतुहलता पैदा गर्छ । ट्रेलर बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कणर्ालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ ।
निर्देशक भण्डारीले फिल्मको फस्टलुक सार्वजनिक गर्दा फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताएका थिए । उनको कुरालाई शुक्रबार सार्वजनिक ट्रेलरले थप पुष्टि गरेको छ । फिल्म ‘प्रेमा’ विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(ध्क्ष्ऋब्)को डीओपी छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।
भिडियो लिंक