‘नाङ्गो गाउँ’मा साम्राज्ञी र कार्मको रोमान्स

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा सुरु भएको छ । गत सातादेखि सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ । बिदा मनाउन थाइल्याण्ड पुगेकी अभिनेत्री साम्राज्ञी शाहले पनि सुटिङ ज्वाइन गरेकी छन् ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई मुख्य भूमिकामा अनुबन्धित भएका छन् । सामाजिक-राजनीतिक कथावस्तुमा बन्न लागेको चलचित्रमा दयाहाङ र मिरुनाले तेस्रो पटक काम स्क्रिन शेयर गर्न लागेका हुन् ।
यो जोडीले यसअघि चलचित्र ‘कबड्डी ४’ र ‘जारी’मा पनि एकसाथ काम गरेको थियो ।

निर्माण पक्षले सञ्चार माध्यमलाई उपलब्ध गराएको तस्विरमा कार्म खोलाको किनारमा साम्राज्ञीसँग रोमान्टिक भावमा प्रस्तुत छन् भने दयाहाङ र शिशिर गफिँदै देखिएका छन् । फिल्ममा दयाहाङको जोडीको रुपमा अभिनेत्री मिरुना मगर छिन् । मिरुनाले भने केही दिनमा सुटिङ सेट ज्वाइन गर्ने बताइएको छ । फिल्ममा वुद्दि तामाङ, पुष्कर गुरुङलगायतको पनि मुख्य भूमिका रहेको छ ।

आरआर फिल्म्सले वितरण गर्ने फिल्ममा हिमाल शर्मा प्रस्तुतकर्ता र जय श्रेष्ठ निर्मातामा रहेका छन् । चलचित्रमा अन्य कलाकारको छनोट चाँडै हुने लामाले बताए । फिल्ममा दयासँगै अर्का एक जना नायकको पनि मुख्य भूमिका रहने बताउँदै दीपेन्द्रले केही दिनमा सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गर्ने जानकारी दिए । आगामी चैत्र महिनाबाट छायांकन सुरु हुने फिल्मले राजनीतिक कथा प्रस्तुत गर्ने लामाको भनाई छ । उनी फिल्म उत्कृष्ट बनाउने कुनै कसर नछाड्ने दाबी गर्छन् ।

Leave a Reply