दयाहाङ र सौगातको ‘हात्तीछाप’ मध्य पूर्वी मुलुकमा विक्री

यस वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ गरी दुई सफल चलचित्र दिएका सुपरस्टार द्वय दयाहाङ राई र सौगात मल्लले फिल्म ‘हात्तीछाप’मा पुनः एकसाथ देखिँदै छन् । सोहि चलचित्को मध्य पूर्वी मुलुकमा प्रदर्शन अधिकार विक्री भएको छ । नेप फिल्मले छायांकनभन्दा अगावै चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको हो । नेप फिल्मका प्रमुख रमेश ढकालले मध्य पूर्वी मुलुकमा फिल्मको प्रदर्शन अधिकार महंगो मूल्यमा खरिद गरेका हुन् ।

चलचित्र ‘पोई पर्‍यो काले’ र ‘२ नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले निर्माण गर्ने यो चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्ने छन् । फिल्मको छायांकन वैशाखदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने र कविता आलेको पनि अभिनय रहनेछ ।

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । निर्माता किरण नेपालीले आफ्नो नयाँ फिल्म ‘हात्तीछाप’मा यस वर्षको हिट फिल्म ‘दुई नम्बरी’को कलाकारको सेट नै दोहोर्‍याउने भएका छन् ।

Leave a Reply