‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनको आदेश

यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’को प्रदर्शन रोकिने भएको छ । उच्च अदालत पाटनले चलचित्र प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको हो ।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै पूर्व निर्माता केशव पाण्डेले फिल्म रोक्नका माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ अगाडि फिल्म रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको हो । अदालतले यही २६ गते थप सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको छ ।

Leave a Reply