गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की यही फागुन १६ गते शुक्रबार वैवाहिक जीवनमा बाँधिदै छन् । विवाहको दिन आउन केही दिन मात्र बाँकी हुँदा प्रियंका विवाहको कार्यहरुमा भ्याइनभ्याइ छन् । यसै बिच मङ्गलवार उनले मेहेन्दी लगाएकी छिन् । विवाहको माहौल सृजना गर्दै उनले परिवार निकट व्यक्तिहरूको उपस्थितिमा मेहेन्दी लगाएकी हुन् ।
प्रियंकाले मेहेन्दीमा हरियो रङ्गको गाउन लगाएकी छिन् भने उनलाई साथ दिन आयुष्मानले पनि हरियो रङ्ग मिसिएको सेरवानी लगाएका छन् । प्रियंकासँगै आयुष्मानले पनि हातमा मेहेन्दी लगाएको तस्बिर प्रियंकाले सार्वजनिक गरेकी छिन् । गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले टिका टालो गरेको लामो समयपछि चर्चित ‘आयांका’ जोडी लगन गाँठो कस्दै छन् ।