अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ ग्रेस ईभेन्टले आयोजना गरेको “मिस्टर एण्ड मिस एसईई” सिजन ५ को शिर्ष ताज सुश्री श्रिया कार्की तथा श्री विशाल बिष्ट ले चुमेका छन् भने 1st Runner up मा सुश्री खुसी श्रेष्ठ (Ms. Khusi Shrestha), Brand Ambassador मा सुश्री श्वेता श्रेष्ठ (Ms. Sweata Shrestha), Viwers Choice मा सुश्री ग्रेसी महर्जन (Ms. Gracy Maharjan), Best Model of The Event मा बिनिता श्रेष्ठ (Ms. Binita Shrestha) र Organizer Choice सुश्री एलिजा चौधरी (Ms. Aliza Chaudhary) ले क्रमशः ताज जितेका छन् ।
काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा शुक्रबार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने बिजेता सुश्री श्रिया कार्की ले Most Photogenic र Miss Style Diva हात पारेकी छिन् भने पुरुष विजेता श्री विशाल बिष्टले Most Friendly हात पारेका छन्।
सुश्री खुसी श्रेष्ठ ले Most Best Personality, सुशी शवेता श्रेष्ठले Most Popular र Best Walk , श्रुसी ग्रेसी महर्जनले Most Multi Media र Most Discipline, सुशी बिनिता श्रेष्ठले Most Talent, सुश्री एलिजा चौधरीले Most Elegant को अवार्ड जित्न सफल भएका थिए |
मिस ग्रेस एसइई नेपाल २०२२ कि विजेता सुश्री मुस्कान नेवार, व्यावसायिक श्रिङ्गारकर्ता श्री टेक राज पाण्डे ज्यु र नेपाल स्काउटको अन्तर्राष्ट्रिय आयुक्त महिला विभाग सुश्री स्मृति बराल हरुले निर्णायक को भुमिका निर्वाह गरेका थिए।
प्रमुख अतिथि बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय रमा आले मगर तथा विशिष्ट अतिथि मा चौतारा सागांचोक गढि नगरपालिका का उप-मेयर सुश्री सीता थापा र सुट मालाका सञ्चालक राज कार्की ज्यु हरुको आतिथ्य मा सम्पन्न भएको थियो।
कार्यक्रम को प्रायोजन , Cupid Photo Studio , The Shot Station , Thug Life Nepal , Furlima Foundation , Dynamocks Nepal, Nepal Music Gallery, Suit Mala, Ann Yeong Chicken, Rebal Construction का साथै अन्य बिभिन्न कम्पनि हरुले गरेका थिए।
कलाकारहरु श्री सपन श्रेष्ठ, श्री प्रिन्स राज, श्री बिज्जु लिम्बु, श्री स्वाभिमान केसी तथा सुश्री शर्मिला तामाङ हरुको गायन तथा नृत्य को बेजोड प्रस्तुतिले कार्यक्रमको रौनक अझ बढेको थियो
प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई कोरियोग्राफर श्री आरशु महर्जनले करिव ४० दिन तालिम दिई आफ्नै कोरियोग्राफीमा र्याम्पमा उतारेका थिए भने सुश्री ऋितिका शाहले कार्यक्रम ब्यवस्थापकको र सुश्री रायल गिरीले नृत्य निर्देशनको जिम्मेवारी निभाएका थिए ।
आयोजक तर्फ ग्रेस ईभेन्ट का उपाध्यक्ष सुश्री दिप्सना दुलाल, प्रबन्धक निर्देशक श्री दिवसराज भट्टराई, संचालक समितिका श्री बिन्द्र प्रजापति,क्रियात्मक प्रमुख श्री सवीन खड्का , तथा श्री प्रसन्न मुलुक, श्री अनिस कार्की, सुश्री सरला राई, सुश्री प्रिती तामाङ, श्री अनिल थापा, सुश्री रक्षा कार्की, सुश्री जेनिका धिमाल र श्री अङ्कित मल्ल को उपस्थिति रहेको थियो। श्री रोविन तामाङ द्वारा उध्घोषित सो कार्यक्रम व्यवस्थापनको जिम्मेवारी भने ग्रेस ईभेन्टका सिईओ श्री सुरज थापाले गरेका थिए ।
उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे भने उपाधि विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एवम अतिथिहरुले पुरस्कृत गरेका थिए ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि माननीय मन्त्री घले ले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतियोगीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा ब्यक्त गर्दै भोलीका देशका कर्णधारलाई प्रोत्साहन मिल्ने खालका यस्ता कार्यक्रमहरुमा सरिक गराउन अभिभावकहरुलाई आग्रह समेत गरे ।
त्यस्तै, आयोजक संस्थाका तर्फ बाट सिईओ श्री सुरज थापा ज्युले प्रतियोगीहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।