ग्रेस इभेन्ट्सको आयोजनामा सम्पन्न मिस्टर एंड मिस ग्रेस एसईई बिराटनगर, सिजन २ को उपाधि सृष्टि र सुजल लाई

अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ ग्रेस इभेन्ट्सले आयोजना गरेको र क्युपिड फोटो स्टुडियोको सहकार्यमा सम्पन्न Mr & Ms Grace SEE Biratnagar, Season 2 मा सुश्री सृष्टि लामा र श्री सुजल परियारले विजयी ताज जितेका छन्। प्रतियोगिता विराटनगरको होटल एशियाटिकमा १५ असार २०८१ मा सम्पन्न भएको थियो।विराटनगरको होटल एशियाटिकमा १५ असार २०८१ आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने बिजेता सुश्री सुश्री सृष्टिले Viewers Choice र Best Personality हात पारेकी छिन् भने पुरुष विजेता श्री सुजल परियारले Most Popular र Cupid Photogenic हात पारेका छन्।

सुश्री लिशा रेग्मीले Organizer’s Choice र Ms Style Diva, श्री तारकेश्वर मण्डलले Most Discipline र Most Talent, सुश्री श्रीधि गुरुङले Best Dress र Most Elegant, श्री प्रशान्त कुमार शाहले Most Friendly को अवार्ड जित्न सफल भएका थिए | मिस ग्रेस एसइई नेपाल २०२४ कि विजेता सुश्री श्रेया कार्की, मिस्टर एसएलसी कोशी २०१६ विजेता श्री पेरिस सुवेदी र फस्ट रनर अप – मिस ट्यालेन्ट नेपाल २०२४ सुश्री स्मृति तामाङ हरुले निर्णायक को भुमिका निर्वाह गरेका थिए।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय केदार कार्की प्रमुख अतिथि थिए भने अन्य विशिष्ट अतिथिहरुमा विराटनगर महानगरपालिका वडा नं ०४ का वडा अध्यक्ष श्री जितेन थापा, नेपाल स्काउटका राष्ट्रिय सहप्रमुख आयुक्त श्री किरण गिरी, नेपाल फुलबारिको प्रशासन प्रमुख सुश्री रुपा पोखरेल, नेपाल स्काउटका राष्ट्रिय सामुदायिक विकास आयुक्त श्री सुदर्शन भट्टराई, कोशी प्रदेशका प्रमुख सल्लाहकार श्री देवेन्द्र खापुङ, नेपाल टेलिकमका वरिष्ठ प्रशासनिक अधिकारी श्री राजाराम घिमिरे, र प्याब्सन विराटनगरका उपाध्यक्ष श्री अर्जुन श्रेष्ठको ज्यु हरुको आतिथ्य मा सम्पन्न भएको थियो।

कलाकारहरु अर्जुन परियार, रोहित मण्डल, सुमैया खातुन, प्रकृति गजमार, भाइरलहुड डान्स स्टुडियो हरुको गायन तथा नृत्य को बेजोड प्रस्तुतिले कार्यक्रमको रौनक अझ बढेको थियो ।प्रतिस्पर्धामा भाग लिनु पूर्व प्रतियोगीहरुलाई कोरियोग्राफर सुश्री विद्या न्यौपाने र सुश्री निमु श्रेपाले करिव ४० दिन तालिम दिई आफ्नै कोरियोग्राफीमा र्याम्पमा उतारेका थिए । आयोजक तर्फ सल्लाहकार, ग्रेस इभेन्ट्स श्री नवल प्रसाद उपाध्याय, सीईओ/संस्थापक, ग्रेस इभेन्ट्स श्री सुरज थापा, प्रबन्धक निर्देशक श्री दिवसराज भट्टराई, संचालक समितिका श्री बिन्द्र प्रजापति, कार्यक्रम निर्देशक श्री भूषण पोमो लिम्बू, कार्यक्रम संयोजक श्री सुरज सुवेदी, फोटोग्राफर श्री सुजल मण्डल, मार्केटिङ हेड श्री उमेश तामाङ, ग्राफिक डिजाइनर, ग्रेस इभेन्ट्स श्री सबिन खड्का, को उपस्थिति रहेको थियो। सुश्री राहिल गिरी द्वारा उध्घोषित सो कार्यक्रम व्यवस्थापनको जिम्मेवारी भने ग्रेस ईभेन्टका सिईओ श्री सुरज थापाले गरेका थिए ।

स्वयंसेवकहरू:
दिपशिका ढकाल, पुष्प श्रेष्ठ, अश्मा तुलाधर, बिदिशा भट्टराई ।
उपाधिसँगै विजेताले विभिन्न गिफ्ट ह्याम्पर समेत प्राप्त गरे भने उपाधि विजेताहरुलाई कार्यक्रमका विशिष्ठ अतिथि , निर्णायक, आयोजक संस्थाका प्रमुख एवम अतिथिहरुले पुरस्कृत गरेका थिए ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री माननीय केदार कार्की ले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतियोगीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने धारणा ब्यक्त गर्दै भोलीका देशका कर्णधारलाई प्रोत्साहन मिल्ने खालका यस्ता कार्यक्रमहरुमा सरिक गराउन अभिभावकहरुलाई आग्रह समेत गरे ।

त्यस्तै, आयोजक संस्थाका तर्फ बाट सिईओ श्री सुरज थापा ज्युले प्रतियोगीहरुको क्षमता र गुणको अभिवृद्धि गरी प्रतिष्पर्धी बनाई मनको सुन्दरतालाई प्रष्फुटन गर्न यस्ता खाले कार्यक्रमले मद्दत गर्ने बताए ।कार्यक्रम को प्रायोजन हाम्रा साझेदार र समर्थकहरू:
नेपाल फुलबारी, हाम्रो विराटनगर (ओबी), होटल सिंहासन, नरबडा अटो नेपाल, स्थानीय, स्वास्थ्य र शान्तिको लागि वातावरण, कुश गार्डन, सारंगी द फूड कोर्ट , भाइरलहुड डान्स स्टुडियो, फन एण्ड फूड (बगैचा), द न्यू शप, थ्रीडी विज्ञापन, ठग लाइफ नेपाल, द सट स्टेसन, सूट माला, फुर्लिमा फाउन्डेसन, डाइनामक्स नेपाल, शिपालु ट्रेड प्रालि, सिलिङ्क एजुकेशन, नेपाल म्युजिक ग्यालरी, लिबर्टी वाटर, एन येओङ चिकेन, विद्रोही कन्स्ट्रक्सन, रातोपाटी, राष्ट्र खबर, राज्य दैनिक, कोरिवती, सार्वजनिक सुचना, तथ्य खबर, टाइम्स अफ पूर्व, टिपलिङ न्युज, नेचर इन्टरएक्टिभ, सयथरी मिडिया, का साथै अन्य बिभिन्न कम्पनि हरुले गरेका थिए।

Leave a Reply