करण र समिक्षाको स्वरमा फिल्म ‘बुलाकी’ गीत रेकर्ड सम्पन्न

यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बुलाकी’को लागि दुई गीत रेकर्ड गरिएको छ । गत वर्ष एकदिन प्रदर्शन भएर हलबाट बाहिरिएको फिल्मलाई निर्माण टिमले पुन: प्रदर्शनमा ल्याउन लागेको हो ।यो फिल्मको एक मार्मिक गीतमा हालै नेपाल आइडल सिजन ५ विजेता करण परियार र गायिका अनु चौधरीले स्वर भरेका छन् भने अर्को एक गीतमा गायिका समिक्षा अधिकारीले स्वर दिइन् । करण परियारको लागि ‘बुलाकी’ पार्श्व गायनमा डेब्यू फिल्म बनेको छ ।

आइतबार सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियोमा भेटिएका करण केहि नर्भस र केहि उत्साहित देखिन्थे । गायिका समिक्षा र करण एकसाथ मिडियामा प्रस्तुत हुँदा नेपाली गीत संगीतको इतिहास बोकेको रेडियो नेपालको स्टुडियोमा गीत रेकर्ड गराउन पाउँदा पछिल्लो पुस्ताका उदयीमान कलाकारद्वय भाग्यमानी सुनिए । आफुहरूको स्वरवद्ध गीतले फिल्मको कमर्सियल पाटोलाई समेत सघाउने विश्वास करण र समिक्षाको छ ।बाबुल गिरीको शब्द एवं संगीतमा तयार दुबै गीत एक हप्ताको अन्तरमा अर्को हप्ताबाट दर्शकमाझ आउने निर्माता तथा अभिनेता विराज विष्टले बताए । कर्णाली भेगको जारी प्रथाको कथावस्तुलाई फिल्मले प्रस्तुत गरेको छ।

देश विदेशका विभिन्न चलचित्र महोत्सव, अवार्ड कार्यक्रममा तो फिल्मले कथा, पटकथा, निर्देशन, छायांकन, अभिनय लगायतका विभिन्न विधामा उत्कृष्टको अवार्ड जितिरहेको छ ।देश विदेशमा रहनुभएका नेपाली फिल्मका शुभचिन्तकहरूले दिनु भएको प्रेम र स्नेहलाई ग्रहण गर्दै यो बीचमा फिल्मप्रति दर्शकले देखाउनु भएको चासोलाई मध्यनजर गरेर चलचित्र ‘बुलाकी’लाई पुन: प्रदर्शनमा ल्याउने निर्णयमा पुगेको विष्टले बताए ।फिल्मलाई पुनः सम्पादनसहित यो बीचमा देखिएका कमी कमजोरीलाई थप सुधार गर्दै थप उत्कृष्ट बनाएर दर्शकमाझ ल्याउन लागेको समेत विष्ट बताउँछन् ।

स्व. मोती विष्टको प्रस्तुति तथा टोपेन्द्र विष्टको निर्माणमा बनेको ‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो फिल्ममा शिव ढकालको छायांकन र अर्जुन जिसीसँगै निर्देशन सुनारको सम्पादन छ । फिल्मको कथा तथा पटकथा राजबहादुर सानेको हो ।यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाई लगायत अभिनयमा छन् ।फिल्मलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

Leave a Reply