२२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

प्रशान्त तामाङ निर्देशित चलचित्र ‘सारंग’को ‘चिसो बतास’ बोलको गीतलाई २२ जना बालबालिकाले एकसाथ गाएका छन् ।डिपी खनालले शब्द रहेको गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान २२ बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर छ ।बाल मनोबिज्ञान तथा बालअधिकारको विषयमा केन्द्रित फिल्ममा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको हाे ।

‘चोली तुनामा’ भने फिल्मको अर्काे एउटा गीत डिपी खनालकै शब्द रहेको छ भने शान्तिश्री परियार र साइराजले स्वर दिएका छन्। गीतमा संगीत शंकर थापा स्माइलको छ । फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागर जंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिकामा छन् ।

बैशाख २ गतेबाट सुटिङ थालिएको फिल्मको पहिलो चरणको सुटिङ सकिएको छ भने बाँकी छायांकन केही दिनमै हुनेछ । बाल मनोविज्ञान तथा बाल अधिकारको विषयमा आधारित भएर बनेको फिल्मलाई यस वर्षको बाल दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शन गर्ने तयारीमा निर्माता छन् ।

Leave a Reply