‘यो मन त मेरो नेपाली हो’को गीतमा रोशनदेखि खुशीसम्मको नृत्य

नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा स्वर गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले दिनुभएको छ भने गीतलाई कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत छ ।

यो गीतको छायांकन ‘भ्वाइस अफ नेपाल’को स्टुडियो र बालाजुस्थित एनएफडिसी ल्याबमा गरिएको गीतमा फिल्मका कलाकारहरु रोशन श्रेष्ठ र दोस्रो ‘मेरो डान्स कप यूएसए’की फर्स्ट ‘रनरअप’ समेत रहेकी आयुषा समालसहित ‘मेरो डान्स युनिभर्स’की विजेता खुशी कार्की, नारायण प्रधान र डान्सर नरेश वीर सिंहले नृत्य गरेका छन् ।मित्र प्रधानको निर्देशनमा बनेको यो फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भन्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीको अभिनय रहेको छ ।

निर्देशक प्रधान भन्छन “विदेश बस्ने नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सिँदै गएकोले फिल्मको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व एवं इतिहास दर्शाउन खोजिएको छ।” चलचित्र ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयलाई उठाएको पनि यो चलचित्रमा देख्न सकिन्छ भनेर प्रधानले जानकारी दिए । चलचित्रमा शिवम् अधिकारीको लेखन छ ।

Leave a Reply