गौरव र नम्रताको ‘नम्बरी सुन’ चलचित्रको ट्रेलर सार्वजनिक

यही साउन २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक गरिएको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ।प्रेमकथा र कमेडीसँगै सुनको इतिहासलाई समेत फिल्मले प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।ट्रेलरमा प्रेममा जातीय र वर्गीय विभेदले निम्त्याएको घटनालाई देखाइएको छ ।

निर्देशन राजु गिरी को चलचित्रमा गौरव र नम्रतासहित विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको पनि अभिनय छ। नारायण खाती फिल्मका प्रस्तुतकर्ता हुन्। अभिनेता सरोज खनाल मुखियाको भूमिकामा देखिएका छन् ।

सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ। निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा समेत गरिसकेको छ।

Leave a Reply