चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा अर्यान सिग्देलको प्रबेशसँगै लाइनअप बलियो बनेको छ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् ।यसको निर्माणपक्षले चलचित्रका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको हो ।फिल्ममा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसकेका छन् । यसै साता आर्यनसँग निर्माण पक्षले लिखित सम्झौता गरेको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ ।निर्माणपक्षका अनुसार, अब फिल्मका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको कथा बुद्धि सागरले लेखिरहेका छन् । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।सामाजिक कथावस्तुलाई रोचक तरिकाले फिल्ममा प्रस्तुत गर्ने निर्देशक खनालले जानकारी दिए ।