सुरक्षा अभिनित फिल्म ‘बुलाकी’को ट्रेलर सार्वजनिक

साउन ३२ गतेदेखि पुनः प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र परिमार्जित रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ । सोमबार काठमाडौंका एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा विवाहेत्तर सम्बन्धलाई देखाइएको छ ।सार्वजनिक ट्रेलरमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘बुलाकी’मा रमेश बुढाथोकी, लक्ष्मी गिरी, सुशील पोखरेल, कुलदीप अधिकारी, धनबहादर राई, लक्ष्मण देवकोटा, झलनाथ खत्री, सोनु सेढाइ, प्रकाश कँडेल लगायतको पनि अभिनय छ ।स्व. मोती विष्टको प्रस्तुतिमा बनेको बुलाकीलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको चलचित्रको प्रोडक्सन हेड धनबहादुर राई हुन् ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता विराज विष्टले भने, ‘पैसा कमाउनका लागि फिल्म बनाएको भए मैले अर्कै रोज्थेँ होला । कर्णालीको कथा देश र विदेश सम्म पुग्नुपर्छ भन्ने सोचले फिल्म बनाएको हुँ ।’ https://www.youtube.com/watch?v=bO3y04aphdk

Leave a Reply