रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ को सोमबार राजधानीको भद्रकाली मन्दिरमा शुभ–मुहुर्त गरिएको छ । प्रियंका कार्की र गायिका समेत रहेकी कमला घिमिरेले ‘मुहूर्त सट’ दिएका थिए । गायिका कमलाले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्न लागेकी छन् भने प्रियंकाले उनको आमाको भूमिका निभाउँदैछन् ।
निर्देशक बलामी भन्छन‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाइनेछ’ । चलचित्रमा शंकर अधिकारी ‘घायल’ को गीत र पटकथा, संवाद रहनेछ। फिल्मको गीतमा राजेन्द्र बजगाईँ संगीत, केवलमान सिंह बस्नेतको प्रोडक्सन, समीर मियाँको सम्पादन र रामजी राउतको मुख्य सहायक निर्देशन छ।
चलचित्रकोे छायांकन मंगलबारदेखि सुरु हुने निर्माण टिमले जनाएको छ। टिमका अनुसार मकवानपुरको वीरखर्क, कुलेखानी, काठमाडौँ र युएईको दुबईमा फिल्म छायांकन गरिनेछ। चलचित्र शिव ढकालले छायांकन गर्नेछन्।