राजेश हमाल दिवाकरको फिल्मबाट दर्शकमाझ फर्किंदै

निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी चलचित्र’नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले चलचित्रको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले चलचित्रको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ ।

नरसिंहाको अर्थ – भगवान विष्णुको उग्र अवतार हो। नरसिंह रूप यो दश अवतार मध्ये चौथो अवतार हो। नरसिंह नामका अनुसार यस अवतारमा भगवानको आधा पुरुषको र आधा शरीर सिंहको धारण गरेका थिए । दैत्य हिरण्यकश्यपले भगवानसँग तपस्या गरेका थिए र चलाखीपूर्वक वरदान मागेका थिए। त्यसपछि सबै देवताहरूले शिवको शरण लिए र नरसिंहको क्रोध शान्त गर्ने कुरा गर्न थाले। नरसिंहको क्रोध शान्त गर्न शिवले सर्वेश्वरको अवतार लिनु परेको थियो । दुवैबीच १८ दिनसम्म युद्ध चल्यो र १८औँ दिनमा भगवान नरसिंहले थाकेर आफ्नो प्राण त्याग गरेका थिए ।

शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लगाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।यही चलचित्रबाट महानायक राजेश हमाल कमब्याक गर्दै छन्। महानायक हमाल लामो समयको ब्रेकपछि फिचर चलचित्रमा अभिनय गर्ने निर्णयमा पुगेका हुन् । यो चलचित्रका लागि आइतबार हमालले निर्माणपक्षसँग कागजी सम्झौता पनि गरेका थिए ।

महानायक हमाल सेतो पर्दामा नदेखिएको आठ वर्षभन्दा धेरै भइसकेकाले यो चलचित्र उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । हमाल लामो समय चलचित्रबाट अलग हुँदा दर्शकले उनलाई ठूलो पर्दामा खोजिरहेका छन् । त्यसैले दर्शक र राजेश दुवैका लागि यो चलचित्र विशेष हुनेछ ।लामो समयको अन्तरालपछि हमाल दिवाकरको चलचित्रबाट दर्शकमाझ फर्किन लागेका हुन् । त्यसैले यो चलचित्र प्रतिक्षित बन्ने निश्चित छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन । हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को–को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोस्टर पनि यसमा मौन छ । चलचित्र को लगानी भने तीन करोडभन्दा माथि हुने बताइएको छ ।दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

Leave a Reply