पल शाह र प्रताप दाससंगै झुम्यो दुबई, सिएनए इन्टरनेशनल अनर अवार्ड भव्य रुपमा सम्पन्न

शनिवार अगस्ट १७ तारिकको दिन दुबई संगीतमा झुमेको छ । बर दुबईमा रहेको क्लव एसके सेभेनमा अभिनेता पल शाह र प्रताप दाससहित आधा दर्जन कलाकारसँग दुबईमा रहेका नेपालीहरुले सँगसंगै गाउँदै नाँच्दै खुशी साटेका छन । सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाई इन्टरटेन्मेन्टले आयोजना गरेको सिएनए इन्टरनेशनल अनर अवार्डमा सहभागीताको लागि दुबई आएका कलाकारहरुले आफ्नो प्रस्तुती सँगै दुबईका दर्शकालाई नचाएका हुन । शनिबार दुबईमा अवार्ड कार्यक्रम सहित म्युजिकल नाईटको पनि आयोजना गरिएको थियो । आयोजक टिमका सदस्य प्रविन किरातीले दुबइको कार्यक्रम सफलता संगै अन्य देशमा पनि कार्यक्रम नियमित गर्ने बताए ।

अभिनेता पल शाह, गायक प्रताप दास, गायिका रेखा शाह, लोक गायक सुवास खत्री, कलाकार रितेष पौडेल, गायक सुरज मानन्धर, मोडल दीपक घिमिरे, अर्जुन जिसी, फिल्म डेसानका निर्देशक कमल एक्चै मगर, निर्देशक नितिन चन्द, कलाकार चन्द्र लामा र लीला केसी लगायतले अवार्ड पाउन सफल भएका थिए । यस्तै हाईलाईट् नेपालका प्रबन्धक जनक तामाङ र ओेएसआर डिजिटलका ओम अग्रवालले चलचित्रकर्मी डिजिटल वितरकको रुपमा अवार्ड लिनु भएको थियो । कार्यक्रममा केही अवार्ड पाउनुहुने कलाकार विशेष कारण उपस्थित हुन सक्नु भएन। भने पल शाह,प्रताप दास,रेखा शाह लगाएतका कलाकार उपस्थित भएका थिए ।

अवार्ड लिईसकेपछी आयोजकको आग्रहमा आफ्नो छोटो प्रस्तुती दिने क्रममा रेखा शाह, प्रताप दास र पल शाहले झन्डै हजार दर्शकको लगातारको वान्स मोरमा धेरै प्रस्तुती दिनुपरेको थियो । रेखा शाहले ३ वटा प्रस्तुती, प्रताप दासले ११ वटा प्रस्तुती र पल शाहले ३ वटा प्रस्तुती कार्यक्रममा राखेका थिए । नेपाली कला, साहित्य, चलचित्र क्षेत्रका कलकर्मी र सामाजिक, शिक्षा र पर्यटन क्षेत्रका लागि दुबईमा रहेर योगदान गरिरहनुभएका विशिष्ट व्यक्तिहरुलाई अवार्डद्वारा सम्मान गरिएको थियो । बर्षको पपुलर गायक तर्फ प्रताप दास र बर्षको पपुलर आभिनेता तर्फ पल शाहले अवार्ड थापेका थिए ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले संचालन गरेको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल, नेफिन युएईका अध्यक्ष विक्रम लिम्बु, समाजसेवीहरु बाबुराम परीयार, विराज तिरोज, भिम मल्ल ठकुरी, पासाङ शेर्पा, बिकास शाही, कुमार बलामी, जे सागर, रमेश ढकाल, हरी मोक्तान, कृष्ण भट्टराई, एमडी बोहोरालगायत क्षेत्रगत विशेष योगदानबाट सम्मानित भएका थिए । कार्यक्रमले नेपाल-दुबईलाई जोड्नुको साथै नेपाली कला, साहित्य, चलचित्र र पर्यटन क्षेत्रको प्रवर्द्वन गर्ने आयोजक संस्था सेलेब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए । साँझ ७ बजेबाट शुरु भएको कार्यक्रम राती १:३० बजे सम्म चलेको थियो । निकै समय प्रताप दासलाई दर्शकले स्टेजबाट हटाउन चाहेनन् भने दर्शकले पल शाहसँग सेल्फी खिच्ने, फुलगुच्छा दिने, फोटो खिच्ने, हात छुन्ने गरिरहेका थिए । केही युवतीहरु उनलाई भेटेर रोएका समेत थिए । पललाई स्टेज हुँदै हलबाट बाहिरिन करिव २ घण्टा समय लागेको थियो । कार्यक्रममा अन्तिमसमय १५ सय बढी दर्शकको उपस्थिती रहेको थियो ।

Leave a Reply