‘देव वाणी’ को ‘तिमीलाई सधैँ भरी’ बोलको गीत सार्वजनिक

चलचित्र ‘देव वाणी’को पहिलो गीत सार्वजनिक गरिएको छ । प्रताप दास र सुनिता कार्कीको गायन संगै मनोहर गौतम र सन्तोष प्रघादले संगीत भरेको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

उक्त गीतमा अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चाको प्रेमलाई दर्शाइएको छ भने कोरियोग्राफीमा तेन्जु योञ्जनको रहेको छ। बाबुसाहेव बलामीको निर्देशनमा निर्माण भएको चलचित्रमा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारको अभिनय छ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको चलचित्र हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीतमा बनेको छ।मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको चलचित्र मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन्।

Leave a Reply