‘देवी’को शिर्षक गीत सार्वजनिक

तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को शिर्षक गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको चलचित्रको शिर्षक गीतमा अभिनेत्री शिल्पा मास्के मात्रै फिचर्ड छिन् ।रोहित शाक्य संगीत निर्माता तथा शब्द रचना, कम्पोज र स्वर स्वप्नील शर्माको छ । मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा बशिष्ठ घिमिरेको छायांकन, उज्जवल जोशीको कलर तथा सन्तोष दवाडीको सम्पादन रहेको छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको देखिन्छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रका निर्देशक सञ्जोग राई हुन् । चलचित्रको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका हो । यो चलचित्र निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको चलचित्र मा एक्सन रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमाको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

Leave a Reply