जेम्स बन्ड शृंखलाको क्वान्टम अफ सलिस चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी अभिनेत्री ओल्गा कुरिलेन्कोलाई कोरोना भाइरस संक्रमण भएको छ । ४० वर्षको उमेर रहेकी उनले आफ्नो इन्सटाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् ।
‘झण्डै एक हप्तादेखि बिरामी रहेको र उनमा देखिएको मुख्य लक्षण ज्वरो र थकान रहेको छ । उनी कैयौं दिनदेखि सेल्फ आइसोलेसनमा राखेको कारण “घरमै बन्द’’ रहेको भन्दै उनले आफ्नो तस्बिर पोस्ट गरेकी थिइन् । आफूलाई संक्रमण भएको जानकारी दिँदै ओल्गाले यो भाइरसलाई गम्भीरतापूर्वक लिन र आफ्नो ख्याल राख्न आग्रह गरेकी छन् ।