बुद्धि देखि अर्पणसम्म चलचित्र ‘कल्ली’मा थपिए

निर्देशक लक्ष्मण सुनारको तयारमा हुन लागेको चलचित्र‘कल्ली’मा यतिबेला कलाकार भित्रिने श्रृंखला चलिरहेको छ । केही दिनअघि अभिनेता पल शाहलाई हटाएर उनको ठाउँमा सौगात मल्ललाई लिएको निर्माण टिमले चलचित्रमा कलाकार थपेको छ । अभिनेता अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाललाई चलचित्रमा अनुबन्धित गरिएको हो।

पौराणिक कथामा बन्न लागेको चलचित्रको प्रस्तुतकर्ता किरण नेपाली हुन् । उनले यसअघि ‘पोइ पर्‍यो काले’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । र, उनका हरेक चलचित्रमा सौगात दोहोरिँदै आइरहेका छन् ।

रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रको तिहारपछि छायांकन सुरु हुनेछ । चलचित्रको छायांकन सुरु नहुँदै आगामी चैत्र २९ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको छ ।

Leave a Reply