‘झिल्को’ द स्पार्क को फस्ट लुक सार्वजनिक

‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’ स् द स्पार्कु को फस्ट लुक सार्वजनिक भएको छ । शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताए ।

पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको संकेत पोस्टरले गरेको छ । पोस्टर डिजाइन आइडियलले गरेको हो ।

‘झिल्को’ को फस्ट लुक सार्वजनिक गर्दै निर्देशक भट्टराईले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ”चलचित्र झोला र भोर पछिको हाम्रो तेस्रो चलचित्र झिल्को स् द स्पार्क आगामी पुस ५ गतेबाट देशभरि प्रदर्शन हुँदैछ । चलचित्र झिल्को आजको कथा हो । आजको समाज डिजिटल समाजका रुपमा निर्माण भैसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेका र बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौँरु ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छरु आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुव्र्यसनी डिजिटल दुव्र्यसनी हो ।
यही संवेदनशील विषय झिल्कोको कथा हो । आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने सामाजिक व्यवसायिक चलचित्र बनाउने प्रयास हामीले गरेका छौँ ।

प्रविधि हाम्रो युगको सबैभन्दा महानतम् आविष्कार हो । तर यो आगो जस्तै हो । प्रयोग गर्न जाने चुल्हो बल्छ, नजाने डढेलो जसरी सल्किएर सबै तहसनहस पार्नसक्छ । फिल्ममा हामीले यही भन्ने प्रयास गरेका छौँ । सामाजिक विषयमाथिको यथार्थ फिल्म निर्माण गर्नु आफैँमा अत्यन्त चुनौतीपूर्ण कार्य हो । यसमा आर्थिकदेखि विभिन्न कठिनाइहरू सामना गर्नुपर्ने बाध्यता हामीले पनि बेहोर्यौ । तर पनि सामाजिक उत्तरदायित्वको रुपमा हामीले यो चलचित्र निर्माण गर्ने साहस गरेका हौँ । यहाँहरूको सहयोग रहनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।”

सती प्रथाको कथामा ‘झोला’ फिल्म निर्माण गरेका भट्टराईले ‘झोला’ पछि सन् २०१९ दाइजो विरोधी चलचित्र ‘भोर सार्वजनिक गरेका थिए। ‘झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले दीपक शर्माको संगीत रहेको छ । निमेश श्रेष्ठले सम्पादन गरेको फिल्मका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् ।

जनता प्रशारण तथा प्रकाशन प्रालिको निर्माण सहयोग रहेको फिल्मको मुख्य सहायक निर्देशन आकाश उखेडा र सहायक निर्देशक अनिश बुढाथोकीले गरेका हुन् । फिल्ममा आनन्द अधिकारीको गीत र शिव परियार तथा निशा देशारको स्वर रहेको छ ।

दिलिप पन्त निर्माण नियन्त्रक, सहसम्पादन नारायण गैरे, मुख्य सहायक छायांकन विवेक लामा रहेका छन्। फिल्मको नेपाल वितरक डीएसएन र अमेरिका तथा क्यानडा वितरणको जिम्मा इपिक इन्टरटेन्मेन्टलाई दिइएको निर्माण टिमले जनाएको छ ।

Leave a Reply