नेपालमा दर्शकबाट अत्याधिक माया पाएसँगै चलचित्र ‘ह्रस्व दीर्घ’ विदेश यात्रामा निस्केको छ। चलचित्र बिहीबारबाट अष्ट्रेलियाका विभिन्न हलहरुमा प्रदर्शन हुन लागेकाे हाे। अष्ट्रेलियाको सबै सहरमा चलचित्र प्रदर्शन हुनेचलचित्रकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले बताइन्। चलचित्रको अष्ट्रेलिया रिलिज अधिकार युनाइटेड सिनेमाज र भिलेज फिल्मले लिएका छन्।
नेपालमा दोस्रो हप्तामा पनि उत्साहजनक व्यापार गरिरहेको लागि चलचित्रको अभिनेत्री ढुंगानासहितको टिम दर्शकसँग साक्षात्कार गर्न मोफसल दौडाहमा छ। नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।