ग्रेस इभेन्ट्सले २०२५ को राईट पाथ मिस ग्रेस एयर होस्टेस – सिजन १ को मेघा अडिशनको आयोजनाको घोषणा गर्दै उड्डयन क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने युवतीहरूलाई एक अद्वितीय अवसर प्रस्तुत गरेको छ। यो प्रतियोगिता विशेष रूपले उड्डयन र मोडलिङ क्षेत्रमा कदम राख्न चाहने युवतीहरूको लागि लक्षित गरिएको हो। अडिशन २० जनवरी २०२५ (सोमबार) का दिन राष्ट्रिय नाच घर, जमल, काठमाण्डुमा बिहान ११:०० देखि १:०० बजेसम्म आयोजना हुनेछ। प्रतिभागीहरूले केही प्रमुख योग्यता मापदण्डहरू पूरा गर्नु पर्नेछ, जसमा कम्तीमा उचाइ १५५ से.मी. (५’१’’), अधिकतम तौल ६२ केजि, उमेर १८–२८ वर्ष र +२ उत्तीर्ण शिक्षा अनिवार्य छ। इच्छुक युवतीहरूले फारम र तालिम शुल्क तिर्नु पर्नेछ।
यो कार्यक्रम युवतीहरूलाई उड्डयन र मोडलिङको क्षेत्रमा एक नयाँ मार्ग खोल्ने उद्देश्यले तयार गरिएको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाहरूलाई छात्रवृत्ति, व्यावसायिक तालिम, मोडलिङ सम्झौताहरू र क्यारियर प्लेसमेन्टका जस्ता महत्वपूर्ण अवसरहरू प्राप्त हुनेछन्। कार्यक्रम निर्देशक सूरज थापाले यस कार्यक्रमलाई युवतीहरूको आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धिको एक महान अवसरका रूपमा देखेका छन्। साथै, अस्पाएर एच आर सर्भिसेजका जेनेरल म्यानेजर दिवशराज भट्टराईले यस प्रतियोगिताले प्रतिभा विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। आधिकारिक फोटोग्राफर बिन्द्रा प्रजापति र कोरियोग्राफर आर्षु महर्जन (अनिस) ले पनि यस प्रतियोगितामा सहभागी हुने प्रतिभाहरूलाई मार्गदर्शन र सहयोग पुर्याउने बताएका छन्। पूर्व विजेता दृष्या पाण्डेले पनि आफ्नो अनुभव साझा गर्दै युवतीहरूलाई यो सुनौलो अवसरको हिस्सा बन्न प्रेरित गरेकी छन्।