नेपाली सिनेमा जगतका चर्चित निर्देशक तुलसी घिमिरे ७ वर्षपछि निर्देशनमा फर्कन लागेका छन्, त्यो पनि नयाँ कथावस्तु र बलियो कलाकार टिमसहित। उनले निर्देशन गर्न लागेको चलचत्रि ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनील थापा, र अरुण क्षेत्री जस्ता अनुभवी कलाकारसँगै प्रियंका कार्कीलाई मुख्य भूमिकामा लिइएको छ। प्रियंकाले यसमा वर्षा राउतको ठाउँ लिएकी हुन्। साथै, निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमीले यसै चलचत्रिबाट अभिनयमा डेब्यु गर्न लागेकी छन्। गोरखाका पहाडी गाउँहरूको कथा बोल्ने यो चलचत्रिले बसाइँ सराइका कारण रित्तिँदै गएका गाउँको पीडा चित्रण गर्नेछ।
चलचत्रिको छायांकन आगामी साताबाट गोरखाको रमणीय स्थानहरूमा सुरु गरिने तयारी छ। निर्देशक घिमिरेकै लेखनमा आधारित यस चलचत्रिको छायांकन तीन दशकपछि पुनरागमन गरेका प्रमोद प्रधानले सम्हाल्नेछन्। साथै, नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त संगीतकार रञ्जित गजमेरले यसमा ८ वर्षपछि पुनः पार्श्व संगीत दिने भएका छन्। उनका थुप्रै कालजयी गीतहरूजस्तै ‘वीरताको चिनो’ र ‘लहनाले जुरायो कि’ जस्ता गीतहरूलाई दर्शकले सधैं सम्झिरहेका छन्। ‘पहाड’को निर्माण ओजश्वी केसीले गरेका हुन् भने सह-निर्मातामा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग छन्।
चलचत्रिमा निर्देशक घिमिरेको परिवारको विशेष योगदान पनि रहेको छ। क्रिएटिभ निर्देशकको भूमिकामा उनकी श्रीमती भारती घिमिरेले काम गरेकी छन्, जसले यसअघि श्रीमान्का चलचत्रिहरूमा सहायक निर्देशकको रूपमा भूमिका निभाएकी थिइन्। उनले ‘पहाड’को एक गीतमा स्वर समेत दिएकी छन्। त्यस्तै, जेठी छोरी भावनाले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्। परिवारका सदस्यहरूको सहकार्य र अनुभवी कलाकारहरूको बलियो लाइनअपले ‘पहाड’लाई धेरै प्रतिक्षित बनाएको छ।