‘आउटल : दफा २१९’को देश दौडाहा: समाज एक्सन र कानुनको कथाले दर्शकको अपारमाया पायो

गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘आउटल : दफा २१९’ले दर्शकबाट उत्साहित उपस्थिति र साथ पाएको फिल्म निर्माण पक्षको दाबी छ ।हाल पश्चिम देखि पुर्वको यात्रा तय गर्दै देश दौडाहामा निस्केको फिल्म युनिटले बुटवलका दर्शकहरुसंग साक्षात्कार गरेको छ। प्रदर्शनको सुरुवाती चार दिनमा राम्रो ग्रस कलेक्सन गरेको फिल्मले ८ औ दिनसम्म आउदा उत्साहित व्यापार गरेको निर्माण पक्षले दाबी गरेको हो।

फिल्मका निर्माता अमित अग्रहरीले फिल्मबारे बोल्दै फिल्मको फिडब्याक राम्रो पाएको र दर्शकको साथले अझै हौस्याएको बताए। उनले आगामी दिनमा पार्ट टुको लागि समेत बाटो खुलेको दाबी गरे ।फिल्मका नायक सुशिल श्रेष्ठले पनि सामाजिक सञ्जालमा फिल्मको राम्रो माउथ पब्लिसिटी भएकोले दर्शकको साथ् र माया फेरी पाएको अनुभूति भएको कुरा व्यक्त गरे। नायक श्रेष्ठले आफु बुटवलबाटै फिल्म क्षेत्रमा डेब्यु गरेकाले पनि बुटवलमा अझै मिठो साथ् पाएको बताए।उनले भनेका छन , ‘दर्शकहरूको अपार माया र समर्थनले आउट ल : दफा २१९ नेपाली बक्स अफिसमा नयाँ इतिहास बनाउँदैछ !

यो फिल्म बिहिबार आठौ दिनमा प्रदर्शनरत छ । फिल्मका निर्देशक बिक्की महर्जनले कथाबस्तु राम्रो बनेकोले दर्शकले हेरेर राम्रो प्रतिक्रिया दिएको बताए।अझै केहिदिन फिल्मले हलमा आफ्नो स्थान जमाउने बताउदै निर्देशक बिक्की महर्जनले आगामीदिनमा दर्शकको साथ् पाउनेमा आशाबादी रहेको बताए। फिल्ममा नायक शुसिल श्रेष्ठसहित नरेश पौडेल, शिक्षा संग्रौला प्रमुख भूमिकामा छन् ।सामाजिक कथामा एक्सन मिश्रण गरी निर्माण भएको यस फिल्मले न्यायको विषय उठान गरेको छ ।

Leave a Reply