आमिर खानले बढाए कोरोनाविरुद्धको लडाईंमा सहयोगको हात

भारतमा विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९को सङ्क्रमण सङ्ख्या बढ्नुका साथै मृतकको सङ्ख्या पनि बढिरहेको छ । यस सङ्कटमा साथ दिन सबैले आफ्नो स्थानबाट साथ र हौसला प्रदान गरिरहेका छन् ।कोरोनाविरुद्धको लडाईंमा बलिउडका धेरै कलाकारहरूले पनि आफ्नोतर्फबाट सक्दो साथ दिइरहेका छन् । उनीहरूले सरकारलाई पैसाले मात्र नभएर, दैनिक काम गरेर कमाउने मजदूरहरूको लागि खान वा बस्न ठाउँ दिएर होस् सहयोग गरिरहेका छन् । यस्तैमा बलिउडका चर्चित अभिनेता आमिर खानले पनि सहयोगका लागि आफ्नो हात अगाडि बढाइसकेका छन् ।

इन्डिया टुडेका अनुसार आमिरले प्रधानमन्त्री राहत कोष तथा महाराष्ट्रका मुख्यमन्त्रीको राहत कोषमा सहयोग गरेका छन् । योसँगै आमिरले आफ्नो चलचित्रमा काम गर्ने मजदुरका लागि सहयोग गरेका छन् । आमिर आफ्नो नयाँ चलचित्र ‘लाल सिंह चड्डा’को काममा व्यस्त थिए जब कोरोना संक्रमण फैलिदै गएको थियो । भारत लकडाउन भएसँगै आमिरको चलचित्रको छायांकन पनि स्थगित भएको छ । छायांकन रोकिएपछि आफ्नो चलचित्र लाल सिंह चडडामा काम गरिरहेका मजदुरहरूका लागि उनले सक्दो सहयोग गर्ने भएका हुन् ।


Leave a Reply