मीनबहादुर भामको ‘चिसो वर्ष’को पटकथालाई एक करोडको पुरस्कार

तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालो पोथी’ का निर्देशक मीनबहादुर भाम आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ । ‘चिसो वर्ष’ फिल्मको स्क्रिप्टमा उनी विगत चार वर्षदेखि काम गरिरहेका छन् । उनले २० पटक पुनर्लेखन गरेर पटकथालाई अन्तिम रुप दिइसकेका छन् । आउँदो बैशाखबाट छायांकन सुरु हुने बताइएको फिल्मले दुई पात्रको हिमाली यात्राको कथा भन्नेछ ।

निर्माण नहुँदै चर्चामा रहेको ‘चिसो वर्ष’ को पटकथाले करिब १ करोड ३ लाख नेपाली रूपैयाँ बराबरको पुरस्कार जितेको छ । उक्त पुरस्कार इस्तानबुलमा आयोजित ‘टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब’ ले प्रदान गरेको हो । यो ‘अन्तर्राष्ट्रिय सह-निर्माण’ का लागि प्रदान गरिने आर्थिक अनुदान हो । फिल्मलाई आर्थिक अनुदान प्राप्त भएकोमा निर्देशक भामले खुसी व्यक्त गरेका छन् । नेपाल–टर्कीको सह-निर्माणमा बन्न हुन लागेको ‘चिसो वर्ष’ को गएको बैशाखबाट छायांकन सुरु गर्ने तयारीमा निर्देशक भाम थिए । तर, कोरोना भाइरसको महामारी र लकडाउनका कारण अब आउँदो बैशाख वा जेठबाट फिल्मको छायांकन सुरु हुनेछ । ठूलो बजेटमा निर्माण हुन लागेको यो फिल्मले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अनुदान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

Leave a Reply