साम्राज्ञी विरुद्ध भुवनले जिल्ला अदालतमा गरे मुद्धा दर्ता

अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् । उनी गाली बेइजतीको मुद्धा लिएर अदालत पुगेका हुन् । भुवनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै साम्राज्ञीले सामाजिक सञ्जालमार्फत आरोप लगाएपछि चुलिएको विवाद अदालतसम्म पुगेको हो । अभिनेता केसीले यसअघि चलचित्र कलाकार सङ्घमा साम्राज्ञीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानबिन गरिदिन उजुरी दिएका थिए ।

अभिनेत्री साम्राज्ञीले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै आफूले अभिनय गरेको आठ फिल्ममध्ये तीन फिल्म ब्यानरका व्यक्तिले नराम्रो व्यवहार गरेको बताएकी थिइन् । साम्राज्ञीले आफूलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै भुवन केसीले फेसबुकमा ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोशपूर्ण स्टाटस लेखे । दोस्रो स्टाटसमा उनले पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा प्रचार गरेको र पुनः सामाजिक सञ्जालमा आफ्नो मान-सम्मानमा आँच पुग्ने खालको भिडियो पोस्ट्याए साइबर क्राइमको मुद्धा हाल्ने चेतावनी पनि दिएका थिए ।

Leave a Reply