नायक आर्यन सिग्देल नयाँ चलचित्रमा काम गर्ने तयारी थालेका छन् । नायक आर्यन सिग्देलले ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाको चलचित्रमा काम गर्न लागेका हुन् । निर्देशक सापकोटा स्वयंले लेखिरहेको चलचित्रको लागि नायक आर्यन सिग्देल मात्र फाइनल भएको बताइएको छ । विशाल र आर्यनले नयाँ चलचित्रको लोकेशन हेर्नका लागि पोखरामा छन् । चलचित्रको नाम र बाँकी कलाकार चाँडै छनौट गरी स्थिति सामान्य भएपछि चलचिको छायांकन सुरु हुने छ ।
कोरोना महामारीका कारण ठूलो लगानीमा फिल्म बनाउने वातावरण नभएको हुँदा सानो बजेट र सानो टिममा राम्रो चलचित्र बनाउने तयारी रहेको सापकोटाले जनाएका छन् । विशालले चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बनाउने तयारीसमेत गरेका थिए । निर्देशक सापकोटाले आर्यनसँगको प्रोजेक्टपछि ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको काम सुरु गर्ने बताए ।