मह जोडी ‘चैत्यदेवी सिंह पुरस्कार’द्वारा सम्मानित

‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ मह जोडीलाई प्रदान गरेको छ । मंगलवार राजधानीमा फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार राशीसहित सम्मान प्रदान गरिएको हो । यो फाउन्डेशनले हरेक वर्ष कला क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सम्मान कार्यक्रम सुरक्षाका उपाय अपनाएर गरिएको थियो र ठूलो जमघट पनि थिएन । केहि दिन अगाडी मात्रै फाउन्डेसनले रंगकर्मी तथा चरित्र अभिनेत्री शुकुन्तला शर्मालाई ‘चेतनारायण बसुन्धरा भुषाल पुरस्कार’बाट र रंगकर्मी तथा नृत्य निर्देशक भैरवबहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’बाट सम्मान गरिएको थियो ।

Leave a Reply