वर्षाको अनुरोध–‘यस जटिल परिस्थितीमा दिनरात नभनी काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरौं’

कोरोना भाइरसबाट देशका हरेक क्षेत्र प्रभावित छन् । दिन-प्रतिदिन संक्रमितको संख्या बढ्दो छ । यस डर र त्रासको समयमा पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु भने रातदिन नभनि खटिरहेका छन् । शनिवार बानेश्वरको एक होस्टेलमा सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरू बसेको थाहा पाएपछि कोरोना फैलिने भन्दै त्यहाँका स्थानीयहरुले विरोध गरे ।

अहिले सामाजिक सञ्जालमा उक्त घटना अमानवीय र असभ्य भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यस प्रकारको दुर्व्यवहारको निन्दा गर्दै अभिनेत्री वर्षा सिवाकोटीले संक्रमितको स्याहारमा खटिएका डाक्टर तथा नर्सलाई टोलछिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृति अशोभनीय रहेको बताएकी छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै यो कठिन समयमा फ्रन्ट लाइनमा रहेर काम गर्नेलाई सम्मान गर्न आग्रह गरेकी छन् । मानवताको नाताले भए पनि अहिले एक​अर्कालाई साथ र सहयोग गर्न उनको अपिल छ । पढ्नुहोस् वर्षा सिवाकोटीको पुरा फेसबुक स्टाटस:

Leave a Reply