अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठ एउटा छोटो चलचित्रमा एकसाथ देखिन लागेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘वरदान’ नामक छोटो चलचित्रमा यी दुई कलाकारले अभिनय गरेका छन् । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा चलचित्र बनेको छ । २० मिनेट लामो यो चलचित्रमा प्रविण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन् ।कोशिश नेपालले निर्माण गरेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत छ ।