चलचित्र ‘ए’ ०७८ सालको तिहारमा प्रदर्शन हुने भएको छ । हाल छायांकन भइरहेको चलचित्रमा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रवि गिरी, प्रविण खतिवडा, विकेश प्रजापति, सुरुज विष्ट, समीक्षा क्षेत्री, सीएम भारद्वाज, आजित रेग्मी, विपिन कार्की र गीता विष्ट लगायतको मुख्य भूमिका रहनेछ । विलभ्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई भोमन कटुवालले निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद निर्देशक कटुवाल र आकाश उखेडाले मिलेर लेखेका हुन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्र वितरणको जिम्मा ‘जिजिए ग्रुप’ले लिएको छ।
चलचित्र ‘ए’ तिहारमा प्रदर्शन हुने
- Post published:१० चैत्र २०७७, मंगलवार