नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिमा २०६४ साउन २१ गतेदेखि अनवरत रूपमा प्रत्येक साँझ आरती हुँदै आएको छ । भव्य ढंगले हरेक साँझ आयोजना गरिने पशुपति आरतीमा युवावर्गको आकर्षण बढेको छ । सन्ध्या आरती अवलोकनका लागि सयौं भक्तजन पशुपति पुग्ने गरेका छन् । तर कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निषेधआज्ञाको कारण पशुपति क्षेत्र यतिखेर सुनसान छ। वाग्मतीको किनारमा साँझको सन्ध्याकालीन आरती सुन्नको लागि हजरौ मानिसको भिड हुन्थ्यो। वाग्मती किनाराको वारिपारि बसेर भजन श्रवण गरिरहेका हुन्थे। अहिले एकजनाले मात्रै आरती गरिरहेका छन्। सधै कहाँ जस्तो सधैं हुदोरहेछ र कोही सधैं फरक पनि बन्दोरहेछ। तस्विरमा हेर्नुहोस् सुनसान बनेको पशुपतिमा सन्ध्या आरती :