‘एक्स ९’मा बलिउड अभिनेता सुनिल शेट्टीको साथमा अनमोल केसी

लप्पन छप्पन र लप्पन छप्पन–२ निर्देशन गरिसकेका मुकुन्द भट्टको आगामी चलचित्र ‘एक्स ९’को लागि भिलेनको अफर बलिउड अभिनेता सुनिल शेट्टीलाई गरिएको छ । भट्टले करिब एक महिना अगाडि बलिउड अभिनेता सुनिल शेट्टीसँग ‘एक्स ९’को बारेमा कुराकानी गरेको जानकारी गराएका छन् । निर्देशक भट्टका अनुसार चलचित्रलाई लिएर सुनिल शेट्टी सकारात्मक रहेका छन् । सम्भवतः चाँडै कागजी सम्झौता हुने र सुनिल शेट्टीले दिनको हिसाबले पारिश्रमिक लिने भएकाले एक सातामै उनको भूमिकाको सम्पूर्ण छायाङ्कन गरिने छ । त्यस्तै, यो चलचित्रमा नायकको अफर अनमोल केसीलाई गरिएको छ । ‘एक्स ९’का लागि अनमोल तयार रहेको र अहिले वर्कआउट गरिरहेको निर्देशक भट्टले जानकारी दिए । अनमोलसँग निर्माण टिमको कागजी सम्झौता भने गर्न बाँकी रहेको उनले बताए । चलचित्रमा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ ।

Leave a Reply