सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरोबाट प्रभावितहरुलाई निर्देशक दीपाश्री निरौला र नायिका स्वस्तिमा खड्काले पनि मेलम्ची पुगेर राहत वितरण गरेर फर्किएका छन् । उनीहरुले बाढी प्रभावितहरुका लागि डसना, ब्ल्याङ्केट, म्याट ५०–५० थान वितरण गरेका हुन् । यस्तै, उनीहरुले चामल, चाउचाउ, बिस्कुट, सेनेटरी प्याड पनि वितरण गरेका छन् । स्वस्तिमा र दीपासहित सुरविन बान्तवा मेलम्ची पुगेर बाढी प्रभावितहरुका लागि दैनिक आवश्यक सामान वितरण गरेका हुन् । उनीहरुले, मेलम्चीका बासिन्दाका लागि सहयोगको आवश्यकता अझै रहेको बताएका छन् । यसअघि नायिका स्वेता खड्का, पूजा शर्मा, आँचल शर्मा लगायतले मेलम्ची पुगेर राहत वितरण गरिसकेका छन् ।